साकेला पर्व उर्वरता, वृद्धि र समृद्धिको लागि प्रार्थना हो : उपप्रमुख बेघा
धरान: धरान उपमहानगरपालिकाका उपप्रमुख अईन्द्र बिक्रम बेघा ले साकेला पर्वको सांस्कृतिक र धार्मिक महत्वबारे जानकारी दिँदै यस पर्व उर्वरता, वृद्धि र समृद्धिको लागि प्रार्थना गर्ने अवसर भएको बताएका छन्।
शनिबार धरान–१७ स्थित साकेला पार्कमा आयोजित भाषिक स्तरीय साकेला शिली (सिली) प्रदर्शनी कार्यक्रममा बोल्दै उपप्रमुख बेघाले साकेला पर्व केवल नृत्य र उत्सव मात्र नभई किरात राई समुदायको स...








