;

धरानमा बाढीपहिरोमा ज्यान गुमाएकाप्रति समवेदना व्यक्त गर्दै गाईजात्रा

धरानमा बाढीपहिरोमा ज्यान गुमाएकाप्रति समवेदना व्यक्त गर्दै गाईजात्रा
धरान : नेवार समुदायले आफन्तजनको निधनप्रति श्रद्धाञ्जली तथा भदौ १० गतेको बाढीपहिरोमा ज्यान गुमाएकाप्रति समवेदना व्यक्त गर्दै शनिबार धरानमा सापारु (गाईजात्रा) मनाएको छ। सिद्धि नेवा: परिषद्बबाट निकालिएको सामूहिक गाईजात्रा छाताचोक,नेपाल टेलिकम, पुरानो बजार हुँदै भानुचोकबाट पुनः परिषद् भवनमा पुगेर औपचारिक रूपमा समापन गरिएको थियो। गाईजात्रामा एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा परिवारका सद...

धरान ५ स्थित १ करोड १ लाखमा हिमाली माविको ४ कोठे भवन निर्माण,बेघाले गरे शिलान्यास

धरान ५ स्थित १ करोड १ लाखमा हिमाली माविको ४ कोठे भवन निर्माण,बेघाले गरे शिलान्यास
धरान : धरान–५ स्थित हिमाली माध्यमिक विद्यालयमा ४ कोठे नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको छ। सोमबार धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख आइन्द्रविक्रम बेघाले विद्यालय परिसरमा भवनको शिलान्यास गरेका हुन्। विद्यालयमा आवश्यक कक्षाकोठा थप गर्दै पठनपाठनका लागि सहज वातावरण निर्माण गर्ने उद्देश्यले भवन निर्माण गर्न लागिएको हो। भवन निर्माणका लागि धरान उपमहानगरपालिकाले ई–बिडिङमार्फत ठेक...

हिबिस्कस बाल क्लबका पदाधिकारी र वडाध्यक्षबीच परिचयात्मक कार्यक्रम सम्पन्न

हिबिस्कस बाल क्लबका पदाधिकारी र वडाध्यक्षबीच परिचयात्मक कार्यक्रम सम्पन्न
धरान : हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल, धरान–१५ मा नवगठित हिबिस्कस बाल क्लबका पदाधिकारी र धरान उपमहानगरपालिका वडा नं. १५ का वडाध्यक्ष नरेशकुमार इवारमबीच परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा वडाध्यक्ष इवारमले बालबालिकाका हक, अधिकार, कर्तव्य तथा समाजमा उनीहरूको भूमिकाबारे जानकारी गराउँदै नेतृत्व विकास, अनुशासन र सामाजिक उत्तरदायित्वका विषयमा प्रेरणादायी मन्तव्य व्यक्त गर...

क्रियटिभ स्कुल फुटसलमा देउराली चिल्ड्रेनको दोहोरो सफलता

क्रियटिभ स्कुल फुटसलमा देउराली चिल्ड्रेनको दोहोरो सफलता
धरान : क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम्पियनसिप २०८३ को दुवै उपाधी देउराली चिल्ड्रेन एकेडेमीले हात पारेको छ । शनिबार भएको फुटसलमा १६ टिमलाई पछि पार्दै देउराली चिल्ड्रेनले सो उपाधी हात पारेको हो । प्रतियोगितामा देउराली चिल्ड्रेन एकेडेमीले उत्कृष्ट प्रदर्शन गर्दै छात्र र छात्रातर्फको दुवैमा प्रथम स्थान हासिल गर्न सफल बनेको थियो । त्यसैगरी, छात्रतर्फ  एक्वा सेकेन्डरी बोर्डि...

संस्कार–संस्कृति अरूले बचाएर मात्र बच्दैन कावा प्रमुख बेघा

संस्कार–संस्कृति अरूले बचाएर मात्र बच्दैन कावा प्रमुख बेघा
धरान : धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अईन्द्र विक्रम बेघाले संस्कार र संस्कृति अरूले बचाइदिएर मात्र जोगिन नसक्ने भन्दै यसको संरक्षणका लागि समुदाय आफैँ अग्रसर हुनुपर्ने बताएका छन् । आइतबार धरान–३ स्थित झिंगु समाजमा आयोजित दुई दिने धिमे बाजा अभिमुखीकरण कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै कावा प्रमुख बेघाले संस्कार,संस्कृति र मौलिक परम्परा पुस्तान्तरण मार्फत जोगाउनुपर्नेमा जोड दिए । ...

हिबिस्कस इङ्ग्लिस बोर्डिङ स्कुलमा हाउस तथा स्कुल क्याप्टेन चयन, विद्यार्थी नेतृत्व विकासमा जोड

हिबिस्कस इङ्ग्लिस बोर्डिङ स्कुलमा हाउस तथा स्कुल क्याप्टेन चयन, विद्यार्थी नेतृत्व विकासमा जोड
धरान : धरान १५ स्थित हिबिस्कस इङ्ग्लिस बोर्डिङ स्कुलमा हाउस क्याप्टेन तथा विद्यालय क्याप्टेन चयनकालागि आयोजित निर्वाचन कार्यक्रम उत्साहपूर्ण वातावरणमा शनिबार सम्पन्न भएको छ । विद्यार्थीहरूमा नेतृत्व क्षमता विकास गर्ने उद्देश्यसहित गरिएको निर्वाचनमा लोकतान्त्रिक अभ्यासमार्फत प्रतिनिधि चयन गरिएको विद्यालयले जनाएको छ । विद्यालयमा रहेका विभिन्न हाउसका विद्यार्थीहरूले आ–आफ्ना प्रतिनिधि छनोट गरेका...

धरानमा अनुमति नलिई नोबेल कलेजको प्रचार–प्रसार, उपमहानगर मौन

धरानमा अनुमति नलिई नोबेल कलेजको प्रचार–प्रसार, उपमहानगर मौन
धरान : धरान–१२ चतरा लाइनमा सञ्चालनको तयारीमा रहेको धरान नोबेल कलेजले स्थानीय तहबाट अनुमति नै नलिई प्रचार–प्रसार सुरु गरेको पाइएको छ । कलेजले धरान उपमहानगरपालिकामा निवेदन मात्र दिएर भर्ना अभियान,विज्ञापन तथा प्रचारात्मक गतिविधि अघि बढाए पनि नियामक निकाय भने मौन देखिएको छ । कलेजले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक नहुँदै विद्यार्थी लक्षित प्रचार–प्रसार थालेको थियो । शिक्षा सम्बन्...

एसईईमा हिविस्कस स्कुलको शतप्रतिशत नतिजा कायम,फुङ्निमा लिम्बू विद्यालय प्रथम

एसईईमा हिविस्कस स्कुलको शतप्रतिशत नतिजा कायम,फुङ्निमा लिम्बू विद्यालय प्रथम
धरान : हिविस्कस इङलिस बोर्डिङ स्कुलले माध्यमिक शिक्षा परीक्षा (एसईई)२०८२ मा शतप्रतिशत नतिजालाई निरन्तरता दिँदै उत्कृष्ट सफलता हासिल गरेको छ । केही दिनअघि सार्वजनिक नतिजाअनुसार विद्यालयबाट सहभागी सम्पूर्ण विद्यार्थी उत्तीर्ण भएका हुन् । विद्यालयकी छात्रा फुङ्निमा लिम्बू ले ३.८१ जीपीए प्राप्त गर्दै विद्यालय प्रथम बनेकी छन् । विद्यालयका निर्देशक गंगाराम राईका अनुसार यस वर्ष पनि अधिकांश विद्यार्...

धरानमा छैटौ एसईई स्पिकर प्रतियोगिताआयोजना हुने

धरानमा छैटौ एसईई स्पिकर प्रतियोगिताआयोजना हुने
धरान : एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरूको नेतृत्व क्षमता र वक्तृत्व कला निखार्ने उद्देश्यले धरानमा ‘छैटौं एसईई स्पिकर प्रतियोगिता’आयोजना हुने भएको छ। सोमबार र्याडिकल लाईट धरानले पत्रकार सम्मेलन गर्दे यस वर्षको प्रतियोगिताको तयारी र नयाँ स्वरूपबारे जानकारी दिएको हो। २०७८ सालबाट सुरु गरिएको एसईई स्पीकर प्रतियोगिता विगतका वर्षहरूको तुलनामा यसपटक अझ फरक र रचनात्मक हुने आयोजक संस्थाका अध्यक्...

धरानमा पहिलोपटक अनुवाद साहित्य ‘गुलजार’ सार्वजनिक

धरानमा पहिलोपटक अनुवाद साहित्य ‘गुलजार’ सार्वजनिक
धरान : भारतीय गीतकार तथा कवि गुलजारका कविताहरूको नेपाली अनुवाद सङ्ग्रह ‘गुलजार’को लोकार्पणसँगै धरानमा पहिलोपटक अनुवाद साहित्यमा केन्द्रित समारोह सम्पन्न भएको छ। कवि सुदिप पाख्रिनद्वारा अनुवादित गुलजारका कविता तथा सायरीहरूलाई नेपाली परिवेशमा भावानुवाद गर्दै कृतिमा समेटिएको छ। कृष्ण पाख्रिन प्रतिष्ठानको आयोजनामा ‘गुलजार कविता र हामी’ शीर्षकमा धरान–८ स्थित रत्न ईन होटेलमा आयोजित कार्यक्रममा कवि ब...
;