क्यानडाको ब्रिटिस कोलम्बियामा पहिलो पटक साकेला सिली प्रदर्शन
क्यानडा : क्यानडाको ब्रिटिस कोलम्बियामा यस वर्ष पहिलो पटक किरात राई समुदायले साकेला सिली प्रदर्शन गरेका छन् ।
मे २३ शनिवार आयोजित कार्यक्रमलाई सो क्षेत्रमा साकेला सिलीको पहिलो सामूहिक प्रस्तुति मानिएको छ ।
बियर क्रिक पार्कमा आयोजित कार्यक्रममा किराँती तथा गैर किराँती समुदायको बाक्लो उपस्थिति रहेको थियो । सामुदायिक रूपमा आयोजना गरिएको कार्यक्रममा त्यहाँका ज्येष्ठ नागरिक अरुण राईलाई फेटा लगाएर स...
