दोस्रो राउन्ड टेबल फुटसल प्रतियोगिता वैशाख १२मा हुँदै
धरानः सामुदायिक विद्यालयको शैक्षिक, भौतिक आवश्यकताका लागि कोष जुटाउन धरान राउन्ड टेबल २३ ले दोस्रो पटक फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।प्रतियोगिता वैशाख १२ गते शनिवार धरान–१६ गोरखा फुटसलमा सञ्चालन हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष सुमित अग्रवालले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा बैङ्क तथा व्यवसायीक संस्थाका ८ टिम सहभागी हुनेछन् ।
प्रतियोगितामा प्रभु बैङ्क...









