
धरान : नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधीसभाका सुनसरी क्षेत्र नम्बर १ का उम्मेदवार मनोज भट्टराईले जित–हारभन्दा ठूलो कुरा सत्य, न्याय, लोकतन्त्र र समुदायको हित भएको बताएका छन्।
उनले सबै पार्टी, समुदाय र मतदातालाई समेट्ने समावेशी दृष्टिकोण र कथा, स्थानीय बोलीमार्फत लोकतन्त्र र न्यायको महत्व उजागर गरे।भूमिहीन, सुकुम्बासी, श्रमिक र सीमान्तकृत समुदायको अधिकार सुनिश्चित गर्दै सुनसरी १ लाई विकास, समृद्धि र सामाजिक न्यायको केन्द्र बनाउने संकल्प रहेको बताए ।
आईतबार धरानको भानुचोकमा आयोजित बृहत आमसभालाई सम्बोधन गर्दे उम्मेदवार मनोज भट्टराईले भूमि ऐन २०११ को संरक्षण र भूमि ऐन २०२१ को संशोधन अनिवार्य रहेको बताएका छन्।
उनले वडाको सिफारिस, उपमहानगरपालिकाको समन्वय र स्थानीय तहको प्रत्यक्ष सहभागितामार्फत भूमिहीन, अभ्यर्थी सुकुम्बासीलाई कानुनी रूपमा जग्गाधनी अधिकार दिलाउनुपर्ने स्पष्ट पारे।
उनका अनुसार आयात–निर्यात, जग्गा व्यवस्थापन तथा बसोबाससम्बन्धी सम्पूर्ण प्रक्रिया वडा सिफारिस प्रणालीमार्फत पारदर्शी रूपमा सञ्चालन हुनुपर्ने बताए ।
भट्टराईले भने ‘हामी सिंगो सुनसरीका भूमिहीन, सुकुम्बासी र श्रमिक समुदायको पक्षमा छौँ । ”सुकुम्बासीको वास्तविक मित्रशक्ति पार्टी भनेकै नेपाली कम्युनिष्ट पार्टी हो।”
उनले मरवाडी, मधेसी, मुस्लिम, आदिवासी जनजाति, थारु, चौधरी खास आर्य समुदाय लगायत धरान र सुनसरी क्षेत्रका सबै समुदायको व्यापक समर्थन आफूहरूलाई प्राप्त भएको दाबी गरे। उनले भने ‘हामी कसैलाई हराउन उठेका होइनौँ,हामी सुनसरी १ लाई विकास र समृद्धिमय बनाउन उठेका हौँ ।,”
आफू धरानकै माटोमा जन्मी, हुर्की,शिक्षा दिक्षासँगै आफनो तिनपुस्ता धरानसँग जोडिएको व्यक्ति भएको उल्लेख गर्दै उनले भने,
“म यहीँ जन्मेँ, यहीँ पढेँ, यहीँ बढेँको मान्छे हुँ। यहाँका ७०–८० प्रतिशत मानिसले मलाई व्यक्तिगत रूपमा चिन्छन्।”
उनले विगतका चुनावी अभ्यासप्रति आलोचना गर्दै भने,“चुनाव अगाडि नमस्ते गर्ने, विकासका सपना देखाउने,चुनाव सकिएपछि उम्मेदवारको फोटो पनि नदेखिने प्रवृत्तिले जनता निराश बनेका छन्।”तर म तेस्तो व्यत्ति होईन तपाईहरुको सुख दुखको साथी र मलामी पनि हुँ । मर्दा र पर्दा म तपाईहरुकै साथमा हुनेछु ।
सत्य र न्यायको विजय ः
उम्मेदवार भट्टराईले आफ्नो चुनावी भावना “जित–हारभन्दा ठूलो सत्य र न्याय” भन्ने मूल मन्त्रमा व्यक्त गरेका छन्। उनले भने, व्यक्तिगत वा पार्टीगत मतभन्दा ठूलो कुरा लोकतन्त्र, सत्य र न्यायको विजय हो।
भट्टराईले वास्तविक विजय केवल मत वा पदमा सीमित छैन। यसले सत्य, न्याय, लोकतान्त्रिक मूल्य र जनताको अधिकारको सुरक्षा सुनिश्चित गर्नुपर्छ। उनको दृष्टिकोणले नेकपा एमाले, नेपाली कांग्रेस, रास्वपा, नयाँ पार्टीहरू,स्वतन्त्र उम्मेदवार जस्ता सबै राजनीतिक शत्तिहरुले सतय र न्यायको पक्षमा उभिनुपर्ने बताए ।
उनले पार्टीका केन्द्रीय टिम, क्षेत्रीय टिम, स्थानीय प्रशासन र मतदातालाई धन्यवाद व्यक्त गर्दै,सबै समुदाय र शुभचिन्तकहरूको योगदानलाई फागुन २२ गते उत्सवको रूपमा मनाउने तयार रहन आग्रह गरे ।
भट्टराईले बाघ राजा र बादरको कथा उद्धृत गर्दै असल शासन र न्यायको महत्व देखाए। कथा अनुसार, एउटा जङ्गलमा बाघ राजा थियो जसको शासनमा जनताले असमानता र अन्याय अनुभव गरे। त्यसपछि बादरलाई राजा बनाए। बादरले जङ्गल सम्हालेपछि जनताको सन्तुष्टि र स्थायित्व बढ्यो, यद्यपि बाघका केही शक्तिहरू अझै कायम थिए।एउटा जङ्गलमा एउटा बाघ राजा थियो रे। सबैले चाहि यो बाघले हामी माथि अन्याय गर्यो भनेर त्यबेला बादरलाई राजा बनाएछन्। बादर राजा भएपछि खुशी भएर चाहि तपाईंको सिंहासनमा बसेछ। पछि चाहि तपाईंको बाकर हराएछ। त्यहाँबाट सबै जङ्गलका चाहि जनावरहरू ूराजासाहब मेरो बाख्रा हरायो, हजुर बाख्रा खोज्नु पर्योू भन्यो रे, ूबादर चाहि ठीक छ, म गर्छुू, म गर्छु भन्यो रे। त्यसपछि झाडी तीन वर्ष, साढे तिन बर्ष टिकेछ रु
उक्त कथामा जनावरहरूले भने, “राजासाहब, मेरो बाख्रा हरायो, खोज्नु पर्छ।” बादरले न्यायसंगत तरिकाले व्यवस्थापन गरे। यसरी “पल्लो रुख ओल्लो रुख मात्र गरेछ तर बाख्रा खोजेन्छ ” जस्ता स्थानीय बोली र सांकेतिक भाषा प्रयोग गरेर भट्टराईले न्याय, असल शासन र समुदायको हितको महत्व स्पष्ट पारे।
भट्टराईले भने, “मतको परिणाम कम महत्वपूर्ण, सत्य–न्यायको विजयी हुनु मुख्य कुरा हो।” उनको दृष्टिकोणले देखाउँछ कि जित–हार भन्दा ठूलो कुरा विकास, सहिष्णुता र जनताको हित हो।
सभामा आफनो प्रतिवद्धता राख्दै धरान लाई सफा, सुन्दर र व्यवस्थित सहर बनाउने छु । भन्दै हाल फोहोर उठाएर सिल्टी ९खोला किनाररखुला स्थान० मा फ्याँक्ने अभ्यास बन्द गरिने स्पष्ट गर्दै,केन्द्रीय बजेटमार्फत ट्रकद्वारा व्यवस्थित डम्पिङ साइटमा फोहोर व्यवस्थापन गर्ने योजना अघि सारे।“धरान सफा सहर बनाउने संकल्प हामीले लिएका छौं ।,”भूगोल जोड्ने विकास रणनीति :
सभामा बोल्दै उनले धरान क्षेत्र, पराक्षेत्रका पाँचवटा वडा,रामधुनी नगरपालिकाका दुईवटा वडा लगायत बराहक्षेत्रका ५ वटा वडा सहित सातवटै वडाका नागरिकले विकासबाट वञ्चित भएको अनुभूति गरिरहेकोले अवस्था भएकाले भट्टराईले भने‘हामी भूगोल जोड्न चाहन्छौं ।,”
“आधा घण्टाभित्र सुनसरी क्षेत्रका जुनसुकै ठाउँबाट जुनसुकै ठाउँ पुग्न सकिने सडक सञ्जाल निर्माण गर्ने हाम्रो योजना छ।”
उनले निर्माण, कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनलाई समानान्तर रूपमा अघि बढाइने प्रतिबद्धता जनाउँदै भने,“हामी केवल भूगोल मात्र होइन, मन पनि जोड्न प्रस्तुत भएका छौं।”
एकता र सामूहिक संकल्पको अपिल :
कार्यक्रमको अन्त्यतिर उनले लोकतान्त्रिक मूल्य र मानव अधिकारप्रति गम्भीर प्रश्न उठाउँदै भने,“एउटा नागरिकले विचार राखेकै कारण आक्रमण हुनु,
घरमा पेट्रोल छर्केर आगजनी गर्ने प्रयास हुनु,बाटोघाटोमै हमला हुनु यस्तो चरित्रलाई समाजले कसरी स्वीकार गर्छ ?”
उनले हिंसात्मक राजनीति, असहिष्णुता र अराजक राजनीतिक संस्कृतिको कडा आलोचना गरे। उनले भने ‘हरेक कार्यकर्ता, हरेक नेता, हरेक शुभचिन्तक मनोज भट्टराई भएर उठ्नुपर्छ ।व्यक्तिको हार–जितभन्दा ठूलो कुरा क्षेत्रको विकास, समृद्धि, एकता र सहिष्णुता हो ।,”
उनले थपे,“व्यक्ति हार्नु–जित्नुको अर्थ छैन,तर सुनसरीको विकास हार्नु हुँदैन,समृद्धि हार्नु हुँदैन,यहाँको एकता हार्नु हुँदैन,सहिष्णुता हार्नु हुँदैन,अराजकताले जित्नु हुँदैन।”
मतदाता समक्ष भावनात्मक अपिल गर्दै उनले भने,“म तपाईंको घरमा पुगेँ वा नपुगेँ फरक पर्दैन।म तपाईंको मनमा छु, तपाईंको हितमा छु।
हिजो पनि थिएँ, आज पनि छु, भोलि पनि रहनेछु।”उनले मतदातालाई उच्च मनोबलका साथ मतदान गर्न अपिल गर्दे डर र दबाबको राजनीति अस्वीकार गर्न,
र फराकिलो मतान्तरसहित जितको वातावरण निर्माण गर्न अपिल गरे।
मनोज भट्टराईले सुनसरी–१ लाई विकास, समृद्धि, सामाजिक न्याय, सहिष्णुता, लोकतन्त्र र शान्तिपूर्ण राजनीतिक संस्कृतिको मोडेल क्षेत्र
बनाउने संकल्प दोहोर्याउँदै हिंसा, अराजकता र विभाजनकारी राजनीतिलाई सामूहिक रूपमा पराजित गर्नुपर्ने आवश्यकता औंल्याए।






