धरान : धरान १५ स्थित हिबिस्कस इङ्ग्लिस बोर्डिङ स्कुलमा हाउस क्याप्टेन तथा विद्यालय क्याप्टेन चयनकालागि आयोजित निर्वाचन कार्यक्रम उत्साहपूर्ण वातावरणमा शनिबार सम्पन्न भएको छ ।
विद्यार्थीहरूमा नेतृत्व क्षमता विकास गर्ने उद्देश्यसहित गरिएको निर्वाचनमा लोकतान्त्रिक अभ्यासमार्फत प्रतिनिधि चयन गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयमा रहेका विभिन्न हाउसका विद्यार्थीहरूले आ–आफ्ना प्रतिनिधि छनोट गरेका हुन् । निर्वाचन परिणामअनुसार यलो हाउसको क्याप्टेनमा रिदिमा गुप्ता तथा उपक्याप्टेनमा नाम्सा माबो निर्वाचित भएका छन् । त्यस्तै रेड हाउसको क्याप्टेनमा सेसेमा लिम्बु ‘बी’ र उपक्याप्टेनमा सोनिम शेर्पा चयन भएका छन् ।
यसैगरी ग्रीन हाउसको क्याप्टेनमा अटल योगी तथा उपक्याप्टेनमा लेशन शेर्पा निर्वाचित भएका छन् भने ब्लु हाउसको क्याप्टेनमा मिशन राई र उपक्याप्टेनमा रेश्मा तामाङ चयन भएका छन् । विद्यालयस्तरीय नेतृत्वतर्फ स्कुल क्याप्टेनमा प्रज्ञान राई तथा उपक्याप्टेनमा आयुष श्रेष्ठ निर्वाचित भएका छन् ।
विद्यालयका निर्देशक गंगाराम राईका अनुसार विद्यार्थीहरूमा जिम्मेवारीबोध, अनुशासन र नेतृत्व क्षमताको विकास गर्न यस्ता गतिविधिले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ ।
निर्वाचन कार्यक्रममा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । विजयी विद्यार्थीहरूलाई विद्यालय परिवारले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

तपाईको प्रतिक्रिया