धरान :सुनसरी क्षेत्र नम्बर १ मा आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मनोज भट्टराईको सचिवालय टिमले बुधबार बिहानदेखि प्रतीकात्मक पैदल यात्रा सुरु गरेको छन्।

बुधबार देखि धरान–१४ स्थित विजयपुर दरबारबाट सुरु भएको यात्राले भट्टराईको चुनावी नारा“सुनसरी क्षेत्र नम्बर १ को भूगोल र मन जोड्न मेरो उम्मेदवारी” लाई व्यवहारमा उतार्ने सन्देश लिएर सद्धाव यात्रा सुरु भएके सचिवालयले जनाएको छ।

यात्रा बुढासुब्बा मन्दिर,दन्तकाली मन्दिर,पिण्डेश्वर मन्दिर,धरान पुरानो बजारस्थित जामा मस्जिद,धरान–१८ को गुम्बा, चर्च हुँदै बिष्णुपादुका मन्दिर बाट बराहक्षेत्र मन्दिर पुगेर पहिलो दिन टुंगिएको सचिवालय सदस्य जनकऋषि राईले जनाए ।

भोली दोस्रो दिन बराहक्षेत्र मन्दिर हुँदै रामधुनी मन्दिर पुगेर पुनःधरान फर्किएर यात्रा समापन गरिने कार्यक्रम रहेको राईले बताए। सचिवालय सदस्य राईले भने पदयात्राले ‘भूगोल’ जोडन धरान देखि बराहक्षेत्र नगरपालिका–१ देखि ५ र रामधुनी नगरपालिका–६ र ७ लाई जोड्ने सन्देश बोकेको छ भने “मन” ले हिन्दु, किरात, बौद्ध, इस्लाम र इसाई धर्मावलम्बीबीच धार्मिक सद्भाव, सहिष्णुता र सामाजिक एकता मजबुत बनाउने उद्देश्य व्यक्त गर्छ।

पैदल यात्रामार्फत उम्मेदवार भट्टराईले भौगोलिक दूरी मात्र होइन, विविध समुदायबीचको भावनात्मक सम्बन्ध बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेको सचिवालयको भनाइ छ।

तपाईको प्रतिक्रिया