धरान : निर्वाचन नजिकिँदै जाँदा सुनसरी क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट तारा चुनाव चिन्ह लिएर उम्मेदवारी दिएका सूर्य बहादुर भट्टराई (मनोज) को चुनावी अभियान तीव्र बन्दै गएको छ।

बिहीबार धरानका मुख्य व्यापारिक क्षेत्रहरूभानुचोक, नयाँ बजार, महेन्द्र पथ, पुरानो बजार, रत्न रोड, गीता मन्दिर, छाता चोक लगायत स्थानमा गरिएको घरदैलो कार्यक्रममा स्थानीय व्यवसायी तथा सर्वसाधारणले उत्साहजनक स्वागत गरेका थिए। कतिपयले खादा तथा मालाले सम्मान गर्दै जितको शुभकामना व्यक्त गरेका थिए।

घरदैलोका क्रममा धेरै व्यवसायीले मनोज भट्टराईलाई मत दिने प्रतिबद्धता जनाए। सुनचाँदी व्यवसायी कुमार विश्वकर्माले उम्मेदवार स्थानीय बासिन्दा हुनुका साथै चुनावको बेला मात्र नभई अन्य समयमा पनि सुख–दुःखमा साथ दिने व्यक्तित्व भएकाले आफूले भोट दिने बताए।

रत्न रोडस्थित जोन गोल्ड सपका सञ्चालक बमबहादुर ल्वागुनले मनोज धरानमै जन्मेर हुर्किएको र सुनसरी–१ का विभिन्न क्षेत्रका समस्याबारे जानकार भएकाले योग्य उम्मेदवार भएको उल्लेख गर्दै आफूले मत दिने धारणा राखे।

नयाँ बजारका कपडा व्यवसायी अनिस श्रेष्ठले भने, “उहाँ युवा र ऊर्जाशील हुनुहुन्छ। विजयी भए संसदमा आफ्नो क्षेत्रका मुद्दा सशक्त रूपमा उठाउन सक्ने क्षमता देखिन्छ, त्यसैले मेरो मत उहाँलाई।”

बजार क्षेत्रकै किराना व्यवसायी हिरा कार्कीले धार्मिक तथा सामाजिक सद्भाव कायम राख्ने प्रतिबद्धता आफूलाई सकारात्मक लागेको बताउँदै भोट दिने बताइन्।

स्थानीय जानकारहरूका अनुसार पछिल्लो समय बजार क्षेत्र मात्र नभई सुनसरी–१ का विभिन्न स्थानमा पनि मनोज भट्टराई को चुनावी माहोल क्रमशः मजबुत बन्दै गएको देखिन्छ।

तपाईको प्रतिक्रिया