मनोज : भूगोल र मन जोड्न आएको मान्छे ।
मनोज भट्टराई, यो नाम सुन्नासाथ एउटा श्यामल वर्णको अलि होचो कदको मान्छेको विम्ब आउँछ । त्यसैमा जोडिन्छ निलो कोट र पाइन्ट ।जस्तो कि कहिलेकाहीँ निलो र कालो रङ्गको संयोजन हेर्ने हो भने मनोज भट्टराई हेरुजस्तो ।
हामीले चिनेको मनोज भट्टराईको खास नाम सूर्यबहादुर भट्टराई हो, तर सबैले चिन्ने वा प्रिय नाम मनोज भट्टराई नै हो । मनोज भट्टराई नामले यति धेरै चकचक गरेको छ नि, खसोखासमा सूर्यबहादुर भट्टराई न...








