
धरान : सुनसरी जिल्ला अन्तर विद्यालय ‘सुनाखरी कप फुटबल’को दोस्रो सेमिफाइनल खेलमा नेपाल पुलिस स्कुलले ज्वालामुखी माध्यमिक विद्यालयलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दे फाइनलको यात्रा सुनिश्चित गरेको छ।
सोमबार एन्फामा जारी खेलमा निर्धारित समयमा दुवै टिमबाट कुनै पनि गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट भएको हो ।
खेलको ‘म्यान अफ द म्याच’नेपाल पुलिस स्कुलका समिन आलम घोषित भए। आलमले नगद १ हजार सहित ट्रफी प्राप्त गरे। प्रतियोगिताको फाईनल खेल सुनाखरी रेड र नेपाल पुलिस स्कुलबीच उपाधिका लागि भिडन्त हुने भएको छ।
प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले २५ हजार पुरस्कार प्राप्त गर्ने छन् । सेमिफाइनलमा पुग्ने दुई टोलीले जनही ५/५ हजार रुपैयाँ प्राप्त गर्ने छन ।प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट डिफेन्डर, उच्च गोलकर्ता र अनुशासित टिमलाई पनि विशेष पुरस्कार प्राप्त गर्ने छन ।





