
धरान : धरानमा जारी चौथो ‘हाम्रो धरान भेट्रान फुटबल प्रतियोगिता’अन्तर्गत चौथो क्वाटरफाइनल खेलमा पूर्वेली भेट्रान फुटबल क्लब विजयी हुँदै सेमिफाइनल प्रवेश गरेको छ ।
सोमबार धरान १६ स्थित रगंशालामा जारी खेलमा पूर्वेली भेट्रानले हाम्रो इटहरी भेट्रानलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । प्रतिस्पर्धात्मक बनेको खेलको दोस्रो हाफमा पूर्वेली भेट्रानका प्रवीण विश्वकर्माले निर्णायक गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा पूर्वेली भेट्रान विजयी बनेको हो ।खेलको म्यान अफ द म्याच पूर्वेली भेट्रानका भुपेन लिम्बू घोषित भए ।उनले नगद २ हजार प्राप्त गरे ।
भोली हुने पहिलो सेमिफाइनल खेलमा विराट भेट्रान मोरङ र आयोजक हाम्रो धरान भेट्रान सुनसरीबिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।





