;

धरान : इस्कोन मन्दिर धरानको आयोजनामा १७औँ जगन्नाथ रथयात्रा आगामी मंसिर २० गते मनाइने भएको छ ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा इस्कोन धरानले भगवान् श्री जगन्नाथ, बलदेव र सुभद्रा महारानी सुवर्णरथमा विराजमान गर्दे धरान परिक्रममा गर्ने इस्कोन धरानका अध्यक्ष अधिराज राईले जानकारी दिए ।

रथयात्रा इस्कोन धरान समीचोक देखि पुरानो बजार,भानुचोक,छाताचोकदेखि पुन रथ मन्दिरमा आगमनपछि महाप्रसाद वितरण गरिने भएको छ । इस्कोन धरानले सम्पूर्ण भक्तजनलाई उपस्थित भई रथयात्रालाई भक्तिमय र सफल बनाउन हार्दिक निमन्त्रणा गरेको छ।

रथयात्रामा नेपालका विभिन्न इस्कोन केन्द्रका पदाधिकारीहरूको उपस्थिति रहने अध्यक्ष राईले जानकारी दिए । रथयात्रा मूल आयोजक समिति अध्यक्ष डा मदन कोइरालाका अनुसार नेपाल तथा विदेशबाट आएका गरी करिब ४ हजार भक्तजनका लागि महाप्रसाद वितरण गर्ने तयारी रहेको छ।

कार्यक्रममा प्रमुख अतिथि वालसन्त मोहनशरण देवाचार्य, नेपाल राष्ट्रका प्रथम ऐतिहासिक जगद्गुरु,विशिष्ट अतिथि महाविष्णु स्वामी महाराज,विशिष्ट अतिथि श्रद्धेय पात्री दास आउने भएका छन ।

तपाईको प्रतिक्रिया

;