नेपालभरबाट लगभग ९ हजार कैदीबन्दी फरार, चाडपर्वमा सुरक्षा चुनौती बढ्ने जोखिम
धरान : गत भदौ २३ र २४ गते भएको जेन जी आन्दोलन चर्किएपछि मौका छोपेर देशभरि २७ कारागारबाट हजारौँ कैदीबन्दीहरू भागेका छन । तीमध्ये केही पुनः कारागार फर्किएका भए पनि फरार कैदीबन्दीको सङ्ख्या लगभग ९,००० जति भएको अधिकारीहरूले बताएका छन्।
फरार कैदीबन्दी फिर्ता नभएसम्म समाजका विभिन्न पक्षलाई सुरक्षा चुनौती टड्कारो रहने जानकारहरू बताउँछन्। अदालतबाट दोषी ठहर भएका हजारौँ अपराधी र प्रहरी हिरासतमा भएका ...

