धरान : बाल यौनहिंसाविरूध्द्ध कलम चलाउँदै आएका पत्रकार द्वय कपुरी न्युजका रश्मी प्रधान र कोले न्युजका रोहित राई सम्मानित भएका छन् ।

प्रत्येक वर्ष भदौ २९ गते मनाइँदै आएको बाल दिवस यस वर्ष जेनजीको आन्दोलनका कारण ओझेलमा परेसँगै ११ वडा बाल सञ्जाल धरानले आज मङ्गलवार पत्रकार द्वय सम्मान सहित धरानका ९० जना विद्यार्थीहरूलाई कापी र पेन्सिल प्रदान गर्दे बाल दिवस मनाएको हो ।

वडा बाल सञ्जाल धरान उपमहानगरपालिका वडा नम्बर ११ को आयोजनामा भएको ६१ औँ बाल दिवसको अवसरमा प्रमुख अतिथी वडा नम्बर ११ अध्यक्ष लोकेन्द्र फागो सहित कार्यपालिका सदस्य रविन गुरुङले पत्रकारद्धयलाई सम्मान गरेका हुन । उनीहरूलाई नगद ५ हजार सहित सम् मानपत्र प्रदान गरिएको छ ।

प्रमुख अतिथी फागोले बाल सञ्जालले समाजमा भएको बालबालिकाको गतिविधि मुल्याङकन गर्दै बालबालिकाको क्षेत्रमा महत्त्वपूर्ण कार्य गरेको बताए । अझ आगामी दिनमा पनि बालबालिकाको हक र हित संरक्षणमा लागि पर्न आग्रह गरे । फागोले वडा कार्यालयको आर्थिक सहयोग र बाल सञ्जालको सहकार्यमा वडाका बालबालिकालाई प्राविधिक शिक्षा अन्तर्गत ६ महिने कम्प्युटर तालिम प्रदान गरिएको बताए ।उनले ११ बाल सञ्जालले राम्रो काम गरेको भन्दै प्रशंसा गरे ।

सञ्जालका अध्यक्ष रोजन शङ्कर लगायतको कार्यसमितिले धरानमा भएका बालबालिकाहरूको बाल यौन दुर्व्यवहारको घटना उजागर गदै बाल अधिकारको विषय उठानमा क्रियाशील रहेको छ । बाल सञ्जालले धरान १६ मा भएको बालिका यौन दुर्व्यवहार र धरान ११ स्थित ज्ञानोदय स्कुलका शिक्षकद्वारा स्कुलका बालिका माथि गरेको दुर्व्यवहारको खुलेर विरोध गर्दे बाल अधिकारको विषय उठानमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दे आइरहेको सञ्जाल अध्यक्ष शङ्करले बताए ।

उनले २ महिना अघि श्रमदाताद्धारा बालिकामाथि भएको यौन दुर्व्यवहार लुकाएको बिषयबस्तुलाई उठान गर्दे बाल यौन दुर्व्यवहारको घटना खुलासा गर्दै कलममार्फत यौन दुराचारी खग्रिन्द्र राई लाई कानुनी कठघरामा पु¥याउन सफल बनाउनु पत्रकारद्धयलाई धन्यवाद दिँदै अझ कलम तिर्खा आग्रह गरे ।

तपाईको प्रतिक्रिया