धरान : हिविस्कस इङलिस बोर्डिङ स्कुलले माध्यमिक शिक्षा परीक्षा (एसईई)२०८२ मा शतप्रतिशत नतिजालाई निरन्तरता दिँदै उत्कृष्ट सफलता हासिल गरेको छ ।
केही दिनअघि सार्वजनिक नतिजाअनुसार विद्यालयबाट सहभागी सम्पूर्ण विद्यार्थी उत्तीर्ण भएका हुन् । विद्यालयकी छात्रा फुङ्निमा लिम्बू ले ३.८१ जीपीए प्राप्त गर्दै विद्यालय प्रथम बनेकी छन् ।
विद्यालयका निर्देशक गंगाराम राईका अनुसार यस वर्ष पनि अधिकांश विद्यार्थीले उत्कृष्ट जीपीए ल्याएका छन् ।
विद्यालयका अनुसार आयुषा राई ले ३.५९, रोनिशा श्रेष्ठ ले ३.५६ तथा मौसम श्रेष्ठले ३.४७ जीपीए हासिल गरेका छन् ।
त्यसैगरी निवा प्रेमी लिम्बू ले ३.४४,निनाम्मा राई ले ३.३५,एलेक्स श्रेष्ठ ले ३.३४ तथा आर्यन खाती र इजेकियल राई ले समान ३।३१ जीपीए प्राप्त गरेका छन् ।
यस्तै प्रज्वल लिम्बू ले ३.२७, प्रयास लिम्बू ले ३.२५, रुपेन्जल तामाङ ले ३.२३,स्वयम श्रेष्ठ ले ३.१७ तथा शम्भु राई ले २.८४ जीपीए हासिल गरेको विद्यालयले जनाएको छ ।
विद्यालयले गुणस्तरीय शिक्षा,अनुशासित शैक्षिक वातावरण,दक्ष शिक्षक टोलीको मेहनत,विद्यार्थीको लगनशीलता तथा अभिभावकको उचित मार्गदर्शनका कारण यस्तो सफलता हासिल भएको जनाएको छ ।
विद्यालय प्रशासनले विद्यार्थी, शिक्षक तथा अभिभावकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक उपलब्धिका लागि प्रतिबद्ध रहने जनाएको छ ।
धरान क्षेत्रमा हिविस्कस स्कुलले गुणस्तरीय शिक्षाको भरोसायोग्य शैक्षिक संस्थाका रूपमा आफ्नो पहिचान थप बलियो बनाएको स्थानीय अभिभावकहरूको भनाइ छ ।
निर्देशक गंगाराम राई ले विगत वर्षहरूमा जस्तै आगामी दिनमा पनि उत्कृष्ट नतिजालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया