धरान : गत भदौ २३ र २४ गते भएको जेन जी आन्दोलन चर्किएपछि मौका छोपेर देशभरि २७ कारागारबाट हजारौँ कैदीबन्दीहरू भागेका छन । तीमध्ये केही पुनः कारागार फर्किएका भए पनि फरार कैदीबन्दीको सङ्ख्या लगभग ९,००० जति भएको अधिकारीहरूले बताएका छन्।

डिल्लीबजार कारागारनजिक सुरक्षाका लागि सेना खटिएपछि फर्काइँदै कैदीबन्दी

फरार कैदीबन्दी फिर्ता नभएसम्म समाजका विभिन्न पक्षलाई सुरक्षा चुनौती टड्कारो रहने जानकारहरू बताउँछन्। अदालतबाट दोषी ठहर भएका हजारौँ अपराधी र प्रहरी हिरासतमा भएका अभियुक्तहरू चाडपर्वको मुखमा बाहिर निस्किएकाले समाजमा चोरीचकारी तथा अपराधका घटना बढ्न सक्ने चिन्ता गरिएको छ।सुरक्षा मामिलाका जानकारहरूले जनमानसलाई शान्ति सुरक्षाबारे आश्वस्त पार्न पनि भागेका कैदिबन्दीलाई तत्काल फिर्ता ल्याउन जरुरी भएको बताएका छन्।

तपाईको प्रतिक्रिया