धरान : जेन जी आन्दोलनको नाममा भदौ २४ गते धरानमा भएको तोडफोड, लुटपाट र आगजनीबाट भएको क्षतिको विवरण संकलन गर्न धरान उपमहानगरपालिकाले समिती बनाएको छ।

नगर सभा अघि शनिवार भएको कार्यपालिका बैठकमा धरानमा भएको घट्नाको छानविन समिति गठन गर्ने प्रस्ताव धरान१३ का वडाध्यक्ष नेत्र काफ्ले राखेका थिए । कुरा उठेपछि नगर प्रमुख हर्क साम्पाङ उपप्रमख अईन्द्र विक्रम बेघालाई संयोजक बस्न आग्रह गरी क्षतिको विवरण संकलन गर्न ५ सदस्यीय समिति गठन गरिएको छ ।

समितिको सदस्यहरुमा वडा १३ का अध्यक्ष नेत्र काफ्ले, वडा ३ का अध्यक्ष विद्या शाक्य, कार्यपालिका सदस्य सावित्री परियार, वरिष्ठ इञ्जिनियर सुरज श्रेष्ठ र प्रशासन प्रमुख वेदप्रसाद सापकोटा रहेका छन् ।

कार्यपालिका सदस्य सृर्जना नेपाल सहित पुर्व जनप्रतिनिधि, पार्टी नेताका घर होटल र भाटभाटेनीमा तोडफोड,आगजानी र लुटपाट भएको थियो । समितिले उक्त घट्नामा भएको जनधनको विवरण संकलन गरी बुझाउने उपमहानगरपालिकालाई बुझाउने छ ।

वैठकले कार्यपालिका सदस्य सृर्जना नेपाल सहित पुर्व जनप्रतिनिधिको घर, भाटभटेनीमा भएको आगजनी, तोडफोड र लुटपाटको घटनाप्रति दुःख व्यक्त गरेको छ

तपाईको प्रतिक्रिया