हिबिस्कस बाल क्लबका पदाधिकारी र वडाध्यक्षबीच परिचयात्मक कार्यक्रम सम्पन्न
धरान : हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल, धरान–१५ मा नवगठित हिबिस्कस बाल क्लबका पदाधिकारी र धरान उपमहानगरपालिका वडा नं. १५ का वडाध्यक्ष नरेशकुमार इवारमबीच परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा वडाध्यक्ष इवारमले बालबालिकाका हक, अधिकार, कर्तव्य तथा समाजमा उनीहरूको भूमिकाबारे जानकारी गराउँदै नेतृत्व विकास, अनुशासन र सामाजिक उत्तरदायित्वका विषयमा प्रेरणादायी मन्तव्य व्यक्त गर...









