लोकतन्त्रको अभ्यास गर्दै विद्यार्थीले गरे शिक्षा नीतिमाथि बहस
धरान : धरानका विद्यार्थीहरूले मंगलबार लोकतन्त्रको अभ्यास गर्दै शिक्षा नीतिमाथि बहस गरेका छन्।
धरान–८ स्थित सहिद स्मृति माध्यमिक विद्यालयको सभाहल केही घण्टाका लागि संसद् जस्तै बनेको थियो,जहाँ विद्यार्थीहरूले शिक्षा नीति, युवा अवसर र सामाजिक विषयमा तार्किक प्रस्तुति दिएका थिए।
धरान उपमहानगरव्यापी ‘एसईई स्पिकर–२०८३, सिजन–६’ अन्तर्गत आयोजित नमुना संसद्मा सहभागी विद्यार्थीहरूले सभामुख, प्रधानमन्त...








