टाइब्रेकरमा लालिगुराँस पोखरा सेमिफाइनलमा प्रवेश
धरान : अन्तर्राष्ट्रिय आमन्त्रण २६औँ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत पाँचौँ दिनको खेलमा आयोजक धरान फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोलले पराजित गर्दै लालिगुराँस फुटबल क्लब पोखरा सेमिफाइनलमा प्रवेश गरेको छ।
धरान रंगशालामा सोमबार सम्पन्न अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा लालिगुराँस पोखराले उत्कृष्ट डिफेन्स प्रदर्शन गर्दै आयोजक धरानलाई स्तब्ध बनाउने जित निकालेको हो। आयोजक धरान फुटबल क्...








