भुपेनको निर्णायक गोलमा पूर्वेली भेट्रान च्याम्पियन
धरान : चौथो ‘हाम्रो धरान भेट्रान फुटबल प्रतियोगिता २०८३’ को उपाधि पूर्वेली भेट्रान बिर्तामोडले उपाधि हात पारेको छ। शनिवार धरान रङ्गशालामा सम्पन्न फाइनल खेलमा आयोजक हाम्रो धरान भेट्रानलाई १–० गोलले पराजित गर्दै पूर्वेली च्याम्पियन बनेको हो।
प्रतिस्पर्धात्मक बनेको खेलको दोस्रो हाफको ९औँ मिनेटमा भुपेन लिम्बूले गरेको निर्णायक गोल नै निर्णायक बन्यो। खेल अवधिभर गोल अवसर प्राप्त गरेको आयोजक टोलीले ग...









