धरान :अन्तर्राष्ट्रिय आमन्त्रण २६औँ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत चौथो दिनको खेलमा नेपाल पुलिस क्लबलाई १–० लिग च्याम्पियन चर्च ब्वाइज क्लब काठमाडौँ सेमिफाइनलमा प्रवेश गरेको छ।
धरान रंगशालामा आईतवार भएको प्रतिस्पर्धात्मक खेलमा चर्च ब्वाइजले उत्कृष्ट प्रदर्शन गर्दै महत्वपूर्ण जित निकालेको हो।निर्धारित ९० मिनेटको खेलमा चर्च ब्वाइजका लागि खेलको सुरुवाती १ औ मिनेटमा रिचार्ड वेलसनको प्रहिलो गोलनै निर्णयक गोल बन्यो ।
नेपाल पुलिस क्लबले थुप्रै पटक फ्री कि र कर्नरको अवसर पाए पनि गोलमा परिणत गर्न सकेन।खेलभर नेपाल पुलिस टोलीका धेरै आक्रमण प्रयासहरू असफल हुँदा चर्च ब्याईजले सुरुआती अग्रतालाई जोगाउँदै सेमिफाइनल यात्रा तय गर्‍यो।
दर्शकको उत्साहपूर्ण समर्थन पाएको नेपाल पुलिसले आक्रामक खेल प्रस्तुत गरे पनि विपक्षीमाथि प्रभावकारी दबाब कायम गर्न सकेन।
खेलको ‘म्यान अफ द म्याच’ चर्च व्याईजका खेलाडी रिचार्ड वेलसन घोषित भए। उनले नगद १० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरे।
बुढासुब्बा गोल्डकपको विजेताले नगद १० लाख रुपैयाँ र उपविजेताले नगद ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
भोलि हुने खेलमा आयोजक धरान फुटबल क्लव धरान र लालिगुराँस एफसी पोखराबिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी टिमहरूमा एनआरटी काठमाडौँ, लिग च्याम्पियन चर्च ब्वाइज क्लब काठमाडौँ, नेपाल पुलिस क्लब काठमाडौँ, रोयल थिम्पु क्लब भुटान, जर्जियन क्लब भारत, लालिगुराँस एफसी पोखरा, सातदोबाटो युथ क्लब ललितपुर, प्लानिङ ब्वाइज क्लब काठमाडौँ, झापा ११ झापा र धरान फुटबल क्लब धरान रहेका छन्।

तपाईको प्रतिक्रिया