;

मनोज : भूगोल र मन जोड्न आएको मान्छे ।

मनोज : भूगोल र मन जोड्न आएको मान्छे ।
मनोज भट्टराई, यो नाम सुन्नासाथ एउटा श्यामल वर्णको अलि होचो कदको मान्छेको विम्ब आउँछ । त्यसैमा जोडिन्छ निलो कोट र पाइन्ट ।जस्तो कि कहिलेकाहीँ  निलो र कालो रङ्गको संयोजन हेर्ने हो भने मनोज भट्टराई हेरुजस्तो । हामीले चिनेको मनोज भट्टराईको खास नाम सूर्यबहादुर भट्टराई हो, तर सबैले चिन्ने वा प्रिय नाम मनोज भट्टराई नै हो । मनोज भट्टराई नामले यति धेरै चकचक गरेको छ नि, खसोखासमा सूर्यबहादुर भट्टराई न...

सातदेबाटोलाई २–१ ले पराजित गर्दे झापा ११ सेमिफाइनलमा प्रवेश

सातदेबाटोलाई २–१ ले पराजित गर्दे झापा ११ सेमिफाइनलमा प्रवेश
धरान : अन्तर्राष्ट्रिय आमन्त्रण २६औँ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको छैटौं दिनको खेलमा झापा ११ झापाले सातदोबाटो युथ क्लब काठमाडौंलाई २–१ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। धरान रंगशालामा मंगलबार भएको प्रतिस्पर्धात्मक खेलमा झापा ११ ले उत्कृष्ट प्रदर्शन गर्दै सातदोबाटोलाई स्तब्ध बनाउँदै जित हात पारेको हो। खेलको १६औँ मिनेटमा झापा ११ का राजेश दाहालले पहिलो गोल गर्दै टि...

टाइब्रेकरमा लालिगुराँस पोखरा सेमिफाइनलमा प्रवेश

टाइब्रेकरमा लालिगुराँस पोखरा सेमिफाइनलमा प्रवेश
धरान : अन्तर्राष्ट्रिय आमन्त्रण २६औँ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत पाँचौँ दिनको खेलमा आयोजक धरान फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोलले पराजित गर्दै लालिगुराँस फुटबल क्लब पोखरा सेमिफाइनलमा प्रवेश गरेको छ। धरान रंगशालामा सोमबार सम्पन्न अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा लालिगुराँस पोखराले उत्कृष्ट डिफेन्स प्रदर्शन गर्दै आयोजक धरानलाई स्तब्ध बनाउने जित निकालेको हो। आयोजक धरान फुटबल क्...

नेपाल पुलिस लाई १–० ले हराउँदै लिग च्याम्पियन चर्च ब्वाइज क्लब काठमाडौँ सेमिफाइनलमा

नेपाल पुलिस लाई १–० ले हराउँदै लिग च्याम्पियन चर्च ब्वाइज क्लब काठमाडौँ सेमिफाइनलमा
धरान :अन्तर्राष्ट्रिय आमन्त्रण २६औँ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत चौथो दिनको खेलमा नेपाल पुलिस क्लबलाई १–० लिग च्याम्पियन चर्च ब्वाइज क्लब काठमाडौँ सेमिफाइनलमा प्रवेश गरेको छ। धरान रंगशालामा आईतवार भएको प्रतिस्पर्धात्मक खेलमा चर्च ब्वाइजले उत्कृष्ट प्रदर्शन गर्दै महत्वपूर्ण जित निकालेको हो।निर्धारित ९० मिनेटको खेलमा चर्च ब्वाइजका लागि खेलको सुरुवाती १ औ मिनेटमा रिचार्ड वेलसनको...

झापा ११ झापा क्वाटरफाइनल प्रवेश

झापा ११ झापा क्वाटरफाइनल प्रवेश
धरान :अन्तर्राष्ट्रिय आमन्त्रण २६औँ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो दिनको खेलमा झापा ११ झापा ले रोयल थिम्पु भुटानलाई २–० गोलले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ। धरान रंगशालामा शुक्रबार भएको प्रतिस्पर्धात्मक खेलमा झापा ११ झापाले उत्कृष्ट प्रदर्शन गर्दै महत्वपूर्ण जित निकालेको हो। निर्धारित ९० मिनेटको खेलमा झापा ११ झापाले खेलको पहिलो हाफको ३५औँ मिनेटमा मौसब सुब्बा...

उद्घाटन खेलमा ट्राइबेकरबाट आयोजक धरान फुटबल क्लब ४–२ गोलले विजयी

उद्घाटन खेलमा ट्राइबेकरबाट आयोजक धरान फुटबल क्लब ४–२ गोलले विजयी
धरान :अन्तर्राष्ट्रिय आमन्त्रण २६औँ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा ट्राईबेक।मा आयोजक धरान फुटबल क्लबले शानदार जित निकाल्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ। धरान रङ्गशालामा बिहीबार सम्पन्न उद्घाटन खेलमा धरान फुटबल क्लबले भारतको जर्जियन क्लबलाई ट्राइबेकरमा ४–२ गोल अन्तरले पराजित गरेको हो। निर्धारित समयमा दुवै टोलीबाट १–१ गोल भएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो। जर्जि...

२६ औ सस्करण्को अन्तरास्ट्रिय बुढासुब्बा गोल्डकपको तयारी पूरा

२६ औ सस्करण्को अन्तरास्ट्रिय बुढासुब्बा गोल्डकपको तयारी पूरा
धरान :अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण धरान रङ्गशालामा बिहिवार देखी सुरु हुने भएको छ। गोल्डकपको उद्घाटन खेल धरान फुटबल क्लव र जर्जियन क्लब भारत बिच हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । आयोजक धरान फुटबल क्लव घरेलु खेलाडी सहित बिजेता बन्ने दाउमा रहेको धरान फुटबल क्लवका अध्यक्ष प्रताप तामाङले बताए । जर्जियन क्लब भारत भने पहिलो पटक ...

देशभरका १९ मेडिकल कलेजका विद्यार्थी भेला, वीपी प्रतिष्ठानमा ‘साईन्याप्स २०२६’ सुरु

देशभरका १९ मेडिकल कलेजका विद्यार्थी भेला, वीपी प्रतिष्ठानमा ‘साईन्याप्स २०२६’ सुरु
धरान : नेपालभरका १९ वटा मेडिकल कलेजका विद्यार्थीहरूको सहभागितामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बहुविषयक विद्यार्थी सम्मेलन ‘साईन्याप्स २०२६’ सुरु भएको छ। विद्यार्थी कल्याण समाजको आयोजनामा शुक्रबारदेखि सुरु भएको महोत्सव माघ २३ गतेसम्म सञ्चालन हुनेछ। आठ वर्षपछि दोस्रो पटक आयोजना गरिएको साईन्याप्स सम्मेलनले चिकित्सा शिक्षा मात्र होइन,विद्यार्थीहरूको शारीरिक,मानसिक र सामाजिक...

धरानमा प्रेस सेन्टरले मनायो २२ औ स्थापना दिवस

धरानमा प्रेस सेन्टरले मनायो २२ औ स्थापना दिवस
  धरान : प्रेस सेन्टर नेपाल सुनसरीले २२ औँ स्थापना दिवस मनाएको छ। बिहीबार प्रेस सेन्टर सुनसरीले धरान–३ स्थित कार्यालयमा स्थापना दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो । कार्यक्रमका प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य जीवन राईले नेपाली समाजको परिवर्तनमा सञ्चार क्षेत्र र प्रेस सेन्टर नेपालको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।मुलुकका हरेक परिवर्तनहरूमा सञ्चार क्...

सुनसरी–१ मा १ लाख ५० हजारभन्दा बढी मतदाता, सबैभन्दा कान्छा उम्मेदवार २९ वर्षीय राजकुमार लिम्बु

सुनसरी–१ मा १ लाख ५० हजारभन्दा बढी मतदाता, सबैभन्दा कान्छा उम्मेदवार २९ वर्षीय राजकुमार लिम्बु
धरान : प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय सुनसरी निर्वाचन क्षेत्र नम्बर १ ले यस क्षेत्रमा १ लाख ५० हजार ३९३ मतदाता रहेको जानकारी दिएको छ। मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनसम्बन्धी समग्र विवरण सार्वजनिक गर्दै सुनसरी–१ अन्तर्गत ४९ मतदान स्थल र १८१ मतदान केन्द्र रहेको जनाएको हो। प्रमुख निर्वाचन अधिकृत दिव्य राज घिमिरेले निर्वाचन क्ष...
;