;

धरानमा राष्ट्रिय र्याङ्किङ ब्याडमिन्टन वैशाख १८ देखि

धरानमा राष्ट्रिय र्याङ्किङ ब्याडमिन्टन वैशाख १८ देखि
धरान : धरानमा दोस्रो खुल्ला तथा राष्ट्रिय र्याङ्किङ ब्याडमिन्टन प्रतियोगिता वैशाख १८ देखि सञ्चालन हुने भएको छ। बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता वैशाख १८, १९ र २० गते सञ्चालन गरिने आयोजकले जनाएको छ। प्रतियोगिता धरान–१३ स्थित बहुउद्देश्यीय ब्याडमिन्टन कभर्ड हलमा आयोजना हुनेछ। स्थानीय खेलाडीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले वैशाख १४ र १५ गते धरानभित्रका खेलाडीहरूका लागि छुट्टै प्रत...

नेपाल यातायात व्यवसायी कोशी प्रदेश समिति संयोजकमा पुनः सरोज श्रेष्ठ

नेपाल यातायात व्यवसायी कोशी प्रदेश समिति संयोजकमा पुनः सरोज श्रेष्ठ
धरान : नेपाल यातायात व्यवसायी कोशी प्रदेश समिति संयोजकमा पुनः सरोज श्रेष्ठ चयन भएका छन् । बुधबार धरान–१५ स्थित धरान किचनमा सम्पन्न सातौँ अधिवेशनबाट श्रेष्ठको संयोजकत्वमा १८ सदस्यीय कार्यसमिति गठन गरिएको हो । समितिको सह–संयोजकमा टेक प्रसाद खनाल,सचिवमा नेत्र बहादुर थापा र कोषाध्यक्षमा हरि थापा चयन भएका छन् । त्यस्तै, खुल्ला सदस्यहरूमा कृष्ण बहादुर का...

धरानमा ‘सुमेधा वक्तृत्वकला प्रतियोगिता’का विजेतालाई नगद पुरस्कार वितरण

धरानमा ‘सुमेधा वक्तृत्वकला प्रतियोगिता’का विजेतालाई नगद पुरस्कार वितरण
धरान: -याडिकल लाईट नेपाल प्रा.लि.द्वारा आयोजित धरान प्लस टु स्तरीय “सुमेधा वक्तृत्वकला प्रतियोगिता”का विजेताहरुलाई मंगलबार नगद पुरस्कार प्रदान गरिएको छ। धरान–३ स्थित सदन रोडमा रहेको संस्थाको कार्यालयमा आयोजित एक कार्यक्रमबीच विजेताहरुलाई सम्मानसहित पुरस्कार वितरण गरिएको हो। प्रतियोगितामा धरान मेघा हिमालयन कलेजकी सन्जिना राई प्रथम हुँदै ७ हजार रुपैयाँ नगद प्राप्त गर्न सफल भइन्। त्यसैगरी, सहिद स्म...

धरानमा नगर अस्पतालको स्थान विवाद चर्कियो, १५ दिनभित्र सञ्चालन गर्ने कावा प्रमुख बेघाको प्रतिबद्धता

धरानमा नगर अस्पतालको स्थान विवाद चर्कियो, १५ दिनभित्र सञ्चालन गर्ने कावा प्रमुख बेघाको प्रतिबद्धता
धरान : धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अईन्द्रविक्रम बेघाले धरानमा नगर अस्पताल निर्माणका विषयमा मनपरी र मनलाग्दी नबोल्न आग्रह गरेका छन् । आइतबार उपमहानगरपालिकाको कार्यपालिका हलमा पुगेका धरानवासी तथा सरोकारवालाको भेलालाई सम्बोधन गर्दै कावा प्रमुख बेघाले नगर अस्पताल निर्माणमा आफू प्रतिबद्ध रहेको बताएका हुन् । कावा प्रमुख बेघाले भने, “कहाँ जानुपर्ने छ भने जाऔँ, तर धरानमा नगर अस्पताल बनाउ...

पूर्खा सैनिकहरूको सम्झनामा धरानमा पुर्खा दिवस कार्यक्रम सम्पन्न

पूर्खा सैनिकहरूको सम्झनामा धरानमा पुर्खा दिवस कार्यक्रम सम्पन्न
धरान : गोरखा सेमेट्री ट्रस्टको आयोजनामा पुर्खा दिवसको अवसर पारेर धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरभित्र रहेको गोरखा सेमेट्री (चिहान) मा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरिएको छ। आइतबार आयोजित कार्यक्रममा भूपू गोर्खा सैनिक तथा परिवारजनहरूले सेमेट्रीमा पुगेर मौनधारण गर्दै पुष्पगुच्छा अर्पण गरी दिवंगत सैनिकहरूप्रति सम्मान व्यक्त गरेको हो। उक्त सेमेट्रीमा बेलायती सेनाम...

४औँ गोर्खा ट्रेल ब्लेजरको उपाधि उमेश थापा र प्रिया तामाङलाई

४औँ गोर्खा ट्रेल ब्लेजरको उपाधि उमेश थापा र प्रिया तामाङलाई
धरान :  ४औँ धरान गोर्खा ट्रेल ब्लेजरको उपाधि पुरुषतर्फ उमेश थापा र महिलातर्फ प्रिया तामाङले जितेका छन्। पुरुष विजेता उमेश थापा धरानका धावक हुन् भने महिला विजेता प्रिया तामाङ भारतको दार्जिलिङकी धाविका हुन्। उनी १४औँ धरान रनकी तेस्रो विजेता समेत हुन्। शनिबार बिहान सम्पन्न ९ किलोमिटर दूरीको दौड उमेशले २५ मिनेट ५१ सेकेन्डमा पूरा गर्दै उपाधिसहित २० हजार रुपैयाँ नगद प्राप्त गरे। महिलातर्फ विजेता प...

धरानमा चौथो ‘गोर्खा ट्रेल ब्लेजर’ दौडको तयारी

धरानमा चौथो ‘गोर्खा ट्रेल ब्लेजर’ दौडको तयारी
धरान:पूर्व गोर्खाहरूको ‘पुर्खा दिवस’ अप्रिल ५ को अवसरमा गोर्खा सिमेट्री ट्रस्ट नेपालको आयोजनामा ‘गोर्खा ट्रेल ब्लेजर नेपाल–२०२६’ को चौथो संस्करणको तयारी पूरा भएको छ। बिहीबार आयोजित पत्रकार सम्मेलनमा चैत्र १४ गते शनिबार हुने ९ किलोमिटर दूरीको ट्रेल दौडको तयारी पूरा भएको जानकारी दिइएको छ। प्रतियोगितामा करिब ६०० धावक सहभागी हुने आयोजकले जनाएको छ। दौड धरान–१८ रत्न चोकबाट सुरु भई मङ्गलवार चोक हुँ...

अध्ययन समय नपुगे भन्दै कार्यपालिका सदस्य अनुपस्थित,बैठक स्थगित

अध्ययन समय नपुगे भन्दै कार्यपालिका सदस्य अनुपस्थित,बैठक स्थगित
धरान : धरान उपमहानगरपालिकाको बुधबार दिउसो २ बजे बोलाएको कार्यपालिका बैठकमा कार्यपालिका सदस्यहरु कार्यविधी अध्ययन समय नपुगेको भन्दै बैठकमा उपस्थित नभएपछि कार्यपालिका बैठक स्थगित भएको छ । कार्यवाहक नगर प्रमुख अइन्द्र विक्रम बेघाले आज दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा गणपूरक संख्या नपुगेपछि बैठक बस्न नसकेको जानकारी दिए। कावाप्रमुख बेघाले भने“सूचना पठाइएको थियो, तर सदस्यहरू उपस्थित हुनुभएन ।,” ...

दुई जुँगे बुढाको एउटा कथा

दुई जुँगे बुढाको एउटा कथा
डाक्टर के. आई. सिंह : #डाक्टर के. आई. सिंहको फुल नाउँ कुँवर इन्द्रजीत सिंह हो । वि.सं. १९६३ मा डोटीमा जन्मेका डा. सिंह नेपालको २० औं प्रधानमन्त्री हुन ।परिवारसंगै सानैमा यिनी म्यानमार (बर्मा) पुगे । बर्मामा रहँदा बस्दा आयुर्वेद चिकित्सा सिके । सामान्य ओखतीमूलो गर्न जान्ने भएपछि बोलीचालीको भाकामा उनी डाक्टर कहलिन थाले ।चिकित्सा विज्ञान वा अन्य कुनै विषयको औपचारिक शिक्षा लिएर डाक्टर भएका भने होइनन्...

जित–हारभन्दा ठूलो कुरा होईन,सत्य,न्याय,लोकतन्त्र र समुदायको हितका लागि उठेका हुँ : मनोज भट्टराई

जित–हारभन्दा ठूलो कुरा होईन,सत्य,न्याय,लोकतन्त्र र समुदायको हितका लागि उठेका हुँ : मनोज भट्टराई
धरान : नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधीसभाका सुनसरी क्षेत्र नम्बर १ का उम्मेदवार मनोज भट्टराईले जित–हारभन्दा ठूलो कुरा सत्य, न्याय, लोकतन्त्र र समुदायको हित भएको बताएका छन्। उनले सबै पार्टी, समुदाय र मतदातालाई समेट्ने समावेशी दृष्टिकोण र कथा, स्थानीय बोलीमार्फत लोकतन्त्र र न्यायको महत्व उजागर गरे।भूमिहीन, सुकुम्बासी, श्रमिक र सीमान्तकृत समुदायको अधिकार सुनिश्चित गर्दै सुनसरी १ लाई विकास, ...
;