धरान : लामो समयदेखि राजनीतिक अस्थिरता, भ्रष्टाचार र कुशासनविरुद्ध आन्दोलन गर्दै आएको जेन्जी युनाइटेड मुभमेन्टले धरानमा मंसिर ६ गते शनिबार कोणसभा आयोजना गर्ने भएको छ।
बिहिवार आयोजित पत्रकार सम्मेलनमा सयोजक तारा श्रेष्ठले कोणसभा भानुचोक हुने बताईन । शनिबार हुने र्‍यालि छाताचोक हुँदै धरान उपमहानगरपालिका कार्यलयबाट पानी ट्याङकि, पुतलीलाईन हुँदै पुनः भानुचोकमा सम्पन्न हुनेछ।

कार्यक्रममा देशभक्ति गीत, नृत्य र नाटक प्रस्तुत गरिने भएको छ । जेनजी मुभमेन्टले आन्दोलनका शहीद र घाइतेको पक्षमा प्रधानमन्त्री, गृहमन्त्री, राष्ट्रिय मानव अधिकार आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ज्ञापनपत्र बुझाउने तयारी रहेको जानकारी दिए।
राजनीतिक अस्थिरता, भ्रष्टाचार, सार्वजनिक सेवामा पहुँचको अभाव र शिक्षा–स्वास्थ्य–रोजगारको व्यावसायीकरणका कारण देश गम्भीर संकटमा परेको कारण गत भदौ २३ र २४ गते सुरु भएको आन्दोलनमा ७६५ जनाको मृत्यु र अर्बौं रुपैयाँ बराबरको सम्पत्ति क्षति भएको मुभमेन्टले जनाएको छ।
आन्दोलनपछि सरकारले राजीनामा दिएर अन्तरिम सरकार गठन गरेको र प्रतिनिधिसभा चुनाव फागुन २१ गते तय भएको थियो। तर शहीद र घाइतेको सपना अझै पूरा नभएको भन्दै जेन्जी युनाइटेड मुभमेन्टले देशव्यापी एकताको अभियान जारी राख्ने जनाएको छ।
कोणसभामा धरानवासी, जेन्जी, जेन वाई, जेन एक्स तथा सबै अभिभावक सहभागी भएर अभियान सफल बनाउन आह्वान समेत गरेको छ।

तपाईको प्रतिक्रिया