धरान : धरानस्थित प्राइम भिजन इन्टरनेशनल कलेजले मङ्गलवार शिक्षण विकास कार्यशालासम्बन्धी गुणस्तर सुधार प्रतिवेदन मङ्गलवार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको छ ।

नेदरल्याण्डका अन्तर्राष्ट्रिय शिक्षाविद् विल भान कोनिइसबुगले एक महिनाको शिक्षण अभ्यास र अवलोकनपछि तयार पारेको प्रतिवेदनमा कलेजका अध्यापन शैली, प्रविधिमूलक सिकाइ, परियोजना–आधारित शिक्षण र शिक्षा योजना परिमार्जन गरी सुधार आवश्यक चार प्रमुख क्षेत्र पहिचान गरिएको छ।

कलेजका सिइओ अभिषेक श्रेष्ठले प्रतिवेदन शिक्षक र विद्यार्थीको क्षमता अभिवृद्धि तथा शैक्षिक स्तर उकास्न “व्यावहारिक निर्देशिका”को रूपमा काम गर्ने बताए। निर्देशक दङ्गा सुवेदीले प्रतिवेदनका सुधार बुँदाहरूको नियमित अनुगमन र पाँच वर्षपछि पुनर्मुल्याङ्कन लागि कोनिइसबुग नेपाल आउने प्रतिबद्धता व्यक्त गरे।

त्यसै अवसरमा कलेजले एसियन एजुकेसन रिभ्यूले घोषणा गरेको ‘एसिया टप १० होटेल म्यानेजमेन्ट कलेज २०२५’ मा प्राइम भिजन इन्टरनेशनल कलेज परेको जानकारी पनि सार्वजनिक गरेको छ ।

तपाईको प्रतिक्रिया