
धरान : धरानमा जेनजीको नाममा भदौ २४ गते धरानमा भएको तोडफोड, आगजनी र लुटपाटका घट्नामा पीडितहरू हालसम्म २५ जनाका विरुद्ध किटान गरी जाहेरी दिएका छन् ।
आज आईतबार सम्म इलाका प्रहरी कार्यालयमा किटाने जाहेरी दर्ता गर्नेहरूको सङ्ख्या १२ जना पुगेको डिएसपी प्रकाश जवेगुले बताए । डिएसपी जवेगुले भने‘१२ जना निवेदकहरूले करिब ५ करोड बराबरको क्षति विवरण बुझाई सकेका छन्।’ उक्त घटनाको सुक्ष्म ढङ्गले खोज अनुसन्धान भई रहेको छ ।
घटनामा संलग्न व्यक्तिहरूको नाम किटान गरी जाहेरी भई सकेता पनि तेलुक कार्यालयबाट केही जानकारी नआएकाले कारबाही प्रक्रिया अगाडी बढाएका छैननौ ।माथि बाट आदेश आएपछि कारबाही प्रक्रिया तुरुन्त सुरु गछौं ।
आदेशको पखाइमा छौ घटनामा संलग्न कोही दोषी उम्कन पाउदैनन र उन्मुत्ती पाउदैनन ढुक्क हुनुस् । कारबाही प्रक्रिया अगाडी बढ्छ । क्षति विवरणका बारे अझ थप प्रक्रिया अगाडी बढाउँछौँ ।आज आईतबार दिएको जाहेरीमा नेपाली काँग्रेस धरानले १७ जना विरुद्ध किटानी जाहेरी र २० लाख ४७ हजार क्षतिपूर्ति दाबी गरेको छ भने नेकपा एमालेले ५ जना विरुद्ध किटानी जाहेरी सहित ५० जना विरुद्ध निवेदन दर्ता गराएको छ भने २० लाख रुपैयाँ बराबरको क्षति विवरण बुझाएको छ ।भने नेकपा माओवादीले २० जना विरुद्ध किटानी जाहेरी सहित ४० जना विरुद्ध निवेदन दर्ता सहित ४१ लाख २९ हजार क्षति विवरण बुझाएको छ ।
हाल सम्म जाहेरी दिनेहरूमा धरान उपमहानगरपालिकाका नगरप्रमुख मनोज मेन्याङवो, निवर्तमान उपमेयर एमाले केन्द्रीय सदस्य मञ्जु भण्डारी, एमाले नेता मुरारी सुवेदी, पुर्वसांसद जयकुमार राई, कार्यपालिका सदस्य सिर्जना नेपाल, नेपाली काँग्रेसका कोशी प्रदेश महामन्त्री उमेश थापा,काँग्रेस सुनसरी क्षेत्र १ का सभापति सुजेन्द्र गोले तामाङ र निवर्तमान उपमेयर भण्डारीको घरमा डेरा गरी बस्ने सुनिता पोखरेल,नेपाली काँग्रेस धरान,नेकपा एमाले धरान,नेकपा माओवादी केन्द्र धरानले उजुरी दिएका छन्।
यसअघि होटेल कञ्चनजङ्घामा भएको तोडफोड, लुटपाट र आगजनीको घट्नामा संलग्न १३ जनाको नाम किटान गरी सञ्चालक तथा धरानका पूर्व मेयर मनोजकुमार मेन्याङबोले मङ्गलवार इलाका प्रहरीमा जाहेरी दर्ता गराएका थिए । ६७ लाख बारबारको क्षति विवरण बुझाएका थिए । होटेलबाट ६ लाख रुपैयाँ नगद समेत लुटिएको थियो ।जाहेरी दिन काँग्रेस, एमाले नेता,कार्यकर्ताहरूसहित ठुलो सङ्ख्यामा इलाका प्रहरी कार्यालय पुगेका थिए ।
नेकपा माओवादी केन्द्र धरान अध्यक्ष उद्धव लिम्बुले आन्दोलनको समयमा राजनीति दलले धरानमा प्रतिकार गरेको भए ठुलो दुर्घटना हुन्थ्यो । तर दुर्भाग्यवश राजनैतिक दलहरूले संयममता अपनाएको कारण ठुलो दुर्घटना हुनबाट धरान बचेको हो नत्र भने ‘रत्तपात हुन सक्थ्यो। उनले भने ‘राजनैतिक दल संयम भई संयमता अपनाएकै कारण धरान रणभूमि हुनबाट बच्यो नत्र मेयर हर्क साम्पाङको कार्यकर्ताहरू धुलो पिठो हुन्थे ।’
राजनैतिक दलका कार्यकर्ता बिच राजनैतिक चेत बिचार भएकै कारण धरान शान्त, सुन्दर र एकताबद्ध छ । राजनीति गर्ने व्यक्ति दुगर्मि सोच र बिचारका अडिग हुने भएकाले धरान शान्त भएको हो ।






