धरान : लामो रस्साकस्सीबाट धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२र८३ को बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । उपमहानगरपालिकाले यस चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न चालु पुँजीगत र वित्तीय व्यवस्थामा प्रमुख ५ वटा बजेटलाई प्राथमिकता दिँदै २ अर्ब २० करोड ७४ लाख ५९ हजारको महत्त्वाकाङ्क्षी बजेट ल्याएको छ ।
धरानले अघिल्लो आर्थिक वर्ष ०८१र०८२ को भन्दा ३१ करोड ३१ लाख १० हजार ७ सय २० बढीको बजेट ल्याएको हो । शनिवार उपमहानगरको प्राङ्गणमा १७ औँ नगर सभाले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा सामाजिक विकास, पर्यटन, कृषि र विपद् व्यवस्थापनलाई बजेटको प्राथमिकतामा राख्दै उपप्रमुख अईन्द्र विक्रम बेघाले बजेट विनियोजित गर्दे ल्याएका हनु ।

विनियोजित बजेटलाई नगर सभामा प्रस्तुत गर्दै उपमेयर बेघाले आगामी आर्थिक वर्ष २०८२।८३ को लागि आन्तरिक राजस्वबाट ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान ८९ करोड २९ लाख ,प्रदेश सरकारबाट अनुदान ७ करोड ७३ लाख ४४ हजार, राजस्व बाँडफाँडबाट ३४ करोड १८ लाख ५० हजार, सडक बोर्डबाट २ करोड र गत वर्षको मौज्दातबाट ७ करोड खर्च गर्ने भएको छ ।
उपमेयर बेघाले ०८२ /०८३ को लागि २० वटा वडाको लागि २१ करोड,शहरी योजना तथा भौतिक पूर्वाधार विकास तर्फ ६६ करोड ९४ लाख, शिक्षा, युवा तथा खेलकुद तर्फ ४६ करोड ८५ लाख, स्वास्थ्य तर्फ ६ करोड ९९ लाख ९५ हजार, सामाजिक विकास तर्फ ४ करोड ८६ लाख ४५ हजार, आर्थिक विकास तर्फबाट १ करोड २९ लाख, वन वातावरण ऊर्जा तथा विपद् व्यवस्थापन तर्फ २ करोड ७४ लाख ५० हजार, कानुन तथा न्याय सम्पादन तर्फ २० लाख, सार्वजनिक जग्गा संरक्षण तर्फ १५ लाख, राजस्व परिचालन तर्फ ४३ लाख, नगर भिजन कार्यक्रम तर्फलाई ५ करोड ५ लाख बजेट विनियोजन गरेका छन् ।
त्यसै गरी नगर कार्यपालिकातर्फ निर्शत विनियोजन १ अर्ब ३१ करोड ९२ लाख, ८२ हजार, सशर्त अनुदानबाट ६० करोड ५६ लाख ७७ हजार, समपूरक बजेटबाट १ करोड ८२ लाख, विशेष अनुदानबाट ५ करोड ४३ लाख विनियोजन गरेको छ ।
नगरले चालु आर्थिक वर्ष २०८१ /०८२ मा रु १ अर्ब ९१ करोड २७ लाख १८ हजारको आय गरेकोमा असार मसान्त सम्ममा रु १ अर्ब ५२ करोड ३२ लाख ३ हजार ६८ रुपैयाँ ४७ पैसा खर्च गरेको छ ।त्यसमध्ये चालु तर्फ आर्थिक वर्ष २०८२/०८३ मा १ अर्ब ९१ करोड २७ लाख १८ हजार र पुँजीगत तर्फको आय गरेकोमा असार मसान्त सम्ममा रु १ अर्ब ५२ करोड ३२ लाख ३ हजार ६८ रुपैयाँ ४७ पैसा खर्च गरेको छ ।सभाको अध्यक्षता नगरप्रमुख हर्क साम्पाङले गरेका थिए भने कार्यक्रमको प्रमुख आतिथ्यता कोशी प्रदेश साम्सद यशोदा कायस्थले गरेको थिइन ।





