;


धरान : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत देउवा समूहको धरान–१५ वडा अधिवेशन सर्वसम्मत रूपमा सम्पन्न भएको छ। अधिवेशनबाट डम्बरबहादुर गुरुङ वडा सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन्।
बुधबार धरान–१५ स्थित होटल धरान किचनमा सम्पन्न अधिवेशनबाट उपसभापतिमा दुर्गामाया तामाङ र गोपाल घिमिरे, सचिवमा सुमन श्रेष्ठ र मनिषा श्रेष्ठ (राई) तथा सहसचिवमा दोजिहाङ सुब्बा र गणेश खड्का निर्वाचित भएका छन्।
अधिवेशनबाट २५ सदस्यीय वडा कार्यसमिति सर्वसम्मत चयन भएको निर्वाचन अधिकृत विनोद नेपालले बताए। यस्तै, सुनसरी क्षेत्र नम्बर १ का लागि ५१ जना क्षेत्रीय प्रतिनिधिसमेत सर्वसम्मत चयन भएका छन्।
नेपाली कांग्रेसका जिल्ला संयोजक सन्दिप श्रेष्ठको उपस्थितिमा अधिवेशन सम्पन्न भएको निर्वाचन अधिकृत नेपालले जानकारी दिए।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनसरी क्षेत्र नम्बर १ मा धरान उपमहानगरपालिकाका अन्य वडाको अधिवेशन तथा नगर अधिवेशनसमेत क्रमशः सम्पन्न गरिने जनाइएको छ।

तपाईको प्रतिक्रिया

;