धरान : धरान अन्तर वडा महिला नकआउट रनिङकप फुटबल दोस्रो संस्करणको दोस्रो दिनको पहिलो दोस्रो खेल नै ट्राईबेकरमा वडा ३ ले वडा १४ लाई २–० र दोस्रो खेलमा वडा २० ल वडा ५ लाई ३–० गोल पराजित गर्दे क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

धरान रंगशालमा जारी खेलमा निर्धारित ६० मिनेटमा चार वटै टिमबाट कुनै पनि गोल हुन नसकेपछि खेलको निर्णय टाई ब्रेकरबाट भएको हो ।
खेलको ‘फेयर–प्ले अफ द म्याच’ वडा ३ की खेलाडी नम्रता लिम्बु र वडा २० की एलिसा राई घोषित भइन्। उनले नगद २/२ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरिन्।
मङ्सिर २७ गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद ९० हजार र उपविजेताले ४५ हजार रुपैयाँ पाउनेछ। व्यक्तिगत विधातर्फ ‘फेयर–प्ले अफ द म्याच’ विजेताले २ हजार, उत्कृष्ट मिड फिल्डर र किपरले ३ हजार ५ सय र उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
प्रतियोगिताको आयोजना जनपथ जागरण समाज, धरान–१६ ले गरेको हो। प्रतियोगितामा धरानका २० वटै वडाका टोली सहभागी छन्।भोलि शनिवार खेल धरान–११ र धरान–१९ बिच हुने आयोजकले जनाएको छ ।
प्रतियोगिता हेर्न प्रवेश शुल्क सामान्य खेलहरूमा २० रुपैयाँ र फाइनल खेलमा २५ रुपैयाँ तोकिएको छ।

तपाईको प्रतिक्रिया