;

धरान : सुनसरी जिल्ला स्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगिता ‘सुनाखरी एकेडेमी कप–२०८२’को उपाधि ‘सुनाखरी रेड्’ले हासिल गरेको छ।

बुधबार धरान १७ एन्फामा भएको फाइनल खेलमा नेपाल पुलिस स्कुललाई ट्राईबेकरमा ३–२ ले पराजित गर्दै सुनाखरी रेडले पहिलो संस्करणको उपाधि हासिल गरेको हो । ट्राईबेकरमा सुनाखरी रेडका एलिन थापा मगर,श्रीहाङ राई,प्रनिस राईले गोल गरेका थिए भने अनिस गुप्ता र राजेश ओझाको प्रहार आउट भएको थियो ।

उपाधिसँगै सुनाखरी रेडले नगद ५० हजार पुरस्कार प्राप्त गर्दा उपविजेता भएको नेपाल पुलिस स्कुलले नगद २५ हजार पुरस्कार जितेको छ । प्रतिस्पर्धात्मक खेल दुवै स्कुलको तर्फबाट गोल बराबरी भएपछि खेल ट्राईबेकरमा पुगेको थियो।

नेपाल पुलिस स्कुलका अनुराग राई र समिर राईले गोल गर्दा जोनिस राई, उज्जवल थापा र कृष्ण राईको प्रहार विफल भएको थियो । खेलको म्यान अफ द म्याच नेपाल पुलिस स्कुलका कृष्ण राई घोषित भए । उनले नगद १हजार पुरस्कार प्रदान गरिएको थियो ।

व्यक्तिगत विधातर्फ पनि सुनाखरी रेडले वर्चस्व कायम गरेको छ । प्रतियोगिताको बेष्ट गोलकिपर सुनाखरी रेडका रोजेश ओझा, वेष्ट डिफेन्डर सुनाखरी रेडका करण थापा,बेष्ठ कोच सुनाखरी रेडका ईन्दु रसाईली, हाईस्कोरर सुनाखरी रेडका श्रीहाङ राई घोषित भए । उनीह्रुले जनही नगद २५ सय सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे । भने बेष्ट फरवार्ड नेपाल पुलिस स्कुलका समिर राई घोषित भए उनले नगद २५ सय नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

फेयर प्ले टिम प्रभात ईङलिस बोडिङ स्कुल धरान १२ भएसँगै नगद ५ हजार प्राप्त गरेको छ । भने बेष्ट प्लेयर सुनाखरी रेडका एलिन थापा मगर घोषित भए । उनले नगद ५ हजार सहित ट्रफी र प्रमाणपत्र हात पारे मङ्सिर १७ गते सम्म सञ्चालन भएको प्रतियोगिताको पहिलो सेमिफाईनको पुरस्कार सैनिक आवसिय स्कुल र दोस्रो सेमिफाईनल खेल विजेता श्री ज्वालामुखी माविले नगद ५र५ हजार सहित प्रमाणपत्र र ट्रफी प्रापत गरेको छ।

प्रतियोगितामा सुनाखरी एकेडेमीका रातो र सेतो टिमसहित हिमशिखर स्कुल तरहरा, सेन्ट जोसेफ स्कुल धरान–१७, नेपाल प्रहरी विद्यालय धरान–१३, प्रभात सेकेन्डरी स्कुल, विजयपुर स्कुल, ज्ञान कुञ्ज विद्यालय, लिबर्टी स्कुल, देउराली बालबालिका विद्यालय, माउन्ट हर्मन स्कुल, सैनिक आवासीय विद्यालय, हिबिस्कस स्कुल, बुद्ध आदर्श विद्यालय, लर्ड बुद्ध स्कुल झुम्का तथा ज्वालामुखी स्कुल पट् नाली सहभागी भएका थिए ।

प्रतियोगिताभर उत्कृठ समाचार लेख्ने पत्रकार र्याडिकल लाईट अनलाईका सम्पादक तिर्थ काकीलाई नगद १० हजार सहित प्रमाणपत्रले सम्मान गरिएको छ ।

तपाईको प्रतिक्रिया

;