धरान: धरान सिटी फुटबल क्लबको आयोजनामा आगामी कार्तिक २२ देखि २९ सम्म नगरस्तरीय नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
पहिलो पटक आयोजना हुन लागेको प्रतियोगिता धरान १६ स्थित धरान रंगशालामा आयोजना हुने भएको छ । प्रतियोगिताको बिजेताले नगद १ लाख, उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् ।
प्रतियोगितामा आयोजकसहित धरानका ८ टिमले सहभागिता जनाउने शनिबार पत्रकार महासङ्घ सुनसरीको हलमा आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष विवेक राईले जानकारी दिए । प्रतियोगितामा धरान सिटि फुटबल क्लब धरान ११,फेयर फुटबल क्लब धरान १७,स्वर्णिम क्लब धरान १०,लिब्जु युवा क्लब धरान ६ ,टेम्के फुटबल क्लब धरान१८, पट्नाली फुटबल क्लब धरान१७,यलम्बर फुटबल क्लब धरान ११,प्रगति फुटबल क्लब धरान१६ खेल्ने भएको छ ।
आयोजकका अनुसार प्रत्येक खेलका म्यान अफ द म्याचले १ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् । विधागत पुरस्कारतर्फ ३ हजार रुपैयाँ र ट्रफी प्रदान गरिने छ ।





