बिजयपुर: कार्तिक ६ गतेबाट प्रदर्शनमा हुने चलचित्र ‘सोल्टीनी’ का कलाकारहरुको उपस्थितीम तिहारको अवसरमा देउसी भैलो सांगीतिक कार्यक्रम गर्ने भएका छ्न भएका छ्न।

कार्यक्रम याक्थुङ मुन्चइ्त चोक सयङ (लिम्बु फिल्म कर्मी) प्रदेश समितीको ‘मुन्चइ्त अक्षयकोष’ निर्माणार्थ हुने अध्यक्ष भुपेन्द्र तुम्बाहाम्फेले जानकारी दिए ।

अध्यक्ष तुम्बाहाम्फेका अनुसार कार्यक्रम कात्तिक २ गते दमक र कार्तिक ३ गते धरानमा हुने छ । दमकको गोर्खा डिर्पाटमेन्ट अगाडी दिउसो दुईबजे हुने छ भने धरानमा याक्थुङ चुम्लुङ हिममा दिनको दुईबजे हुने भएको छ । कार्यक्रममा प्रवेश निशुल्क रहेको छ ।

कार्यक्रममा कार्तिक ६ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘सोल्टीनी’ सम्पूर्ण कलाकारहरु प्रकाश सपुत, परिक्षा लिम्बु, प्रेम सुब्बा लगायतको प्रस्तुती रहनेछ ।

यता याक्थुङ मुन्चइ्त चोक सयङ का कलाकारहरु सहित कुशल थलङ, नोगेन लिम्बु, सेमिहाङ सिंघक, टिकाहाङ लिम्बु, दावा लामा, सिद्धान्त खडका, जिवन साम्पाङ, दुर्गा तुम्सा, कविता आङदेम्वे,दिव्या लावती, युवाहाङ राई , नरेन्द्र लिम्बु, र नुमा लावतीले प्रस्तुती दिनेछन । चलचित्रलाई अर्जुन सुवेदीले निर्देशन गरेका हुन्। भने अभिनय प्रकाश,परीक्षा, सुन्दर, सब्बा र सुजनसँगै विल्सन विक्रम राई, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले लगायत कलाकारको रहेको छ।

चलचित्रमा समाजमा व्याप्त अमानवीयता र जातीय भेदभावविरुद्ध आवाज उठाउने सन्देश रहेको दाबी निर्देशक सुवेदीले गरेका छन्। दुई प्रमुख पात्रबीचको प्रेमकथा नै यस चलचित्रको मुख्य आकर्षण हुने बताइएको छ।

सोल्टिनीुको छायाङ्कन सुशन प्रजापतिले गरेका हुन्। कथा–पटकथा अर्जुन सुवेदी र कुमार भट्टराईको रहेको छ। चलचित्रलाई रेजिना बिस्ट र संसार चौलागाईँले निर्माण गरेका हुन् भने सह–निर्मातामा रोशन चौलागाईँ, वसन्त कटुवाल र सुजन अधिकारी छन्। पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले तयार गरेका हुन्।

चलचित्र नेपालभर टि फल्क्स फिल्म्सले वितरण गर्नेछ भने डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ।

तपाईको प्रतिक्रिया