विदेशमा पढ्नलाई मात्र चालु आवमा ६४ अर्ब १५ करोड खर्च
काठमाडौँ । चालु आर्थिक वर्षको सात महिनामा उच्च शिक्षाका लागि विदेशी मुलुक जानेहरुले ठूलो धनराशी विदेश लगेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार शिक्षातर्फको व्यय रु ६४ अर्ब १५ करोड बराबर पुगेको छ ।
सेवा खाता अन्तर्गत भ्रमण व्यय १० दशमलव छ प्रतिशतले वृद्धि भई रु एक खर्ब १५ अर्ब ८८ करोड पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय रु ६४ अर्ब १५ करोड रहेको हो । बैंकका अनुसार अघिल्लो वर...
